दमकबाट लागूऔषध ब्राउनसुगर सहित एक पक्राउ

झापा एक्सप्रेस , २३९७०  पटक हेरिएको

सांकेतिक तस्बिर

झापा-दमक नगरपालिका-८ डाँफे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-४ बस्ने ३६ वर्षीय टेकेन्द्र कटुवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०२३-०६-२० , समय : १४:३२:५४ , १२ महिना अगाडि