न मैले भुल्नै सकेँ न तिमि फर्केर नै आयौ

झापा एक्सप्रेस , ६०२४७  पटक हेरिएको

न मैले भुल्नै सकेँ न तिमि फर्केर नै आयौ
फेरि कस्ले भनो मायामा एक्सपाइरी डेट हुन्न

फुत्किएर गयौ जति कसे पनि मायाको यो बन्धन
कस्ले भनो मायामा फसे पछि निस्कने गेट हुन्न

जब सडकमा भोकै सुतेका गरिब देख्छु तब लाग्छ भगवान छन् त्यसैले त,
अजिङ्गरको आहारा दैव ले पुर्याउँछ कसैको भोको पेट हुन्न

कहिलेकाही त मिथ्या लाग्छ गोलो छ पृथ्वी भन्ने भनाइ
जब एउटै भुगोल एउटै शहरमा तिम्रो र मेरो भेट हुन्न।

स्वभाविक नै हो शक्तिको उन्माद मा थोरै घमन्डी हुनु
उडिरहेको चंगा लाइ पनि त लाग्थ्यो म कहिल्यै चैट हुन्न।💖

✍प्रेम सिटौला

प्रकाशित मिति: २०२३-०६-०९ , समय : २१:३०:२७ , १ वर्ष अगाडि