झापा एक्सप्रेस , ६७४४४ पटक हेरिएको
बिर्तामोड । अनेरास्ववियु कोशी प्रदेशको इञ्चार्जमा झापाका मनोज ताम्लीलाई जिम्मेवारी प्रदान गरिएको छ । केन्द्रीय कमिटी सचिव ताम्लीलाई केन्दीय कमिटी बैठकले उक्त जिम्मेवारी दिएको हो ।
कोशी प्रदेशको सहइञ्चार्जमा कमल पौडल, गोपाल नेपाल र निता राईलाई जिम्मेवारी दिइएको छ । प्रदेशको संयोजकमा गाकर्ण घिमिरे र सहसंयोजकमा जिवि गजललाई जिम्मेवारी दिएको अनेरास्ववियुले जनाएको छ ।
यस्तै बैठकले झापा र ताप्लेजुङको इञ्चार्जमा रोशन लामा, भोजपुर प्रताप तामाङ, धनकुटा बसन्त राई, इलाम नितेश राई, खोटाङ मोहन संग्राम, मोरङ जोसेफ घिमिरे, ओखलढुंगा इन्दिरा खतिवडा, पाँचथर इ.रोशन भट्टराई, संखुवासभा अनुप चापागाई, सोलु झरना प्रधान, उदयपुर भुवन दाहाल, विराटनगर महानगरपालिका पवित्रा ढकाल, सुनसरी र तेह्रथुम रोशन रेग्मीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको हो । सुनसरीको सहइञ्चार्जमा दिपा चेम्जोङ र तेह्रथुमको सहइञ्चार्जमा बसन्त राईलाई खटाइएको छ ।आजको इजलास दैनीकमा खबर छ।
प्रकाशित मिति: २०२३-०६-०५ , समय : ०९:४८:०९ , १ वर्ष अगाडि