पाथीभराको वार्षिकोत्सब,सेयर सदस्यहरुलाई सम्मान

झापा एक्सप्रेस , १०६६१३  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-६ शरणामती स्थित श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ।संस्थाले शरणामती स्थित सामुदायिक भवनमा विविध कार्यक्रम गर्दै वार्षिकोत्सब मनाएको हो।

वार्षिकोत्सबका अबसरमा संस्थाले १० जना जेष्ठ सेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ।जेष्ठ सेयर सदस्यहरूमा भक्तकुमारी दाहाल,भक्तमाया सत्याल,टिकाराम अधिकारी,नारायणप्रसाद थपलिया,बुद्वलाल हलुवाई,चन्द्रकान्त तिवारी,सौदादेवी गणेश,लिलादेवी सिवाकोटी,वालकुमारी सुवेदी र भोलामान श्रेष्ठलाई सम्मान गरेको हो।सदस्यहरुलाई संस्थाले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। त्यस्तै संस्थाले असल ऋणी सितादेवी विश्वकर्मा र खोमराज रिजाल,उत्कृष्ट उद्यमी बिमला राई,उत्कृष्ट बचतकर्ता बिनादेवी चक्रवर्ती र गणेश मण्डल,उत्कृष्ट बचतकर्ता समूह श्री दयालधाम गुरुकुल शाखा झापा-६,उत्कृष्ट बाल बचतकर्ता अनिलचन्द्र मण्डल र उत्कृष्ट कर्मचारी २०८० मा संस्थाका व्यवस्थापक बिमल कार्कीलाई सम्मान गरेको छ।

संचालक समितिका उपाध्यक्ष महेन्द्र प्रसाईको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापा ,नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) कि प्रतिनिधि बसुन्धरा थपलिया,संस्थाका केशब बजगाईं,महिला सन्जालकी बिन्दा पौडेल,गाउँपालिका सहकारी बिभाग प्रमुख उदय मैनाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथी थपलियाले संस्थाको उन्नतीको प्रशंसा गर्दै आफुँले सकेको सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो।

संस्थाका व्यवस्थापक बिमल कार्कीले सन्चालन गरेको कार्यक्रममा संस्थाका सन्चालक समितिका सचिव भविन्द्र भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रकाशित मिति: २०२३-०५-२८ , समय : ०६:०३:०८ , १ वर्ष अगाडि