लालपानी माविमा पहिलो पटक पुर्ण निर्वाचन प्रक्रियाबाट बिद्यार्थी नेतृत्व छनौट

झापा एक्सप्रेस , ३०७३३  पटक हेरिएको

झापाको शिवसताक्षी नगरपालिका ७ मा रहेको लालपानी माद्यामिक बिद्यालयमा शुक्रबार बिद्यालय क्याप्टेन र सदनको क्याप्टेन साथै भाइस क्याप्टेन छनौटको लागि राष्ट्रिय रुपमा गरिने निर्वाचन प्रक्रिया अनुरुप निर्वाचन गरिएको छ ।

बिद्यार्थीलाई प्रजातान्त्रिक प्रक्रिया बाट भोट हाल्न देखि कसरी एक सक्षम प्रतिनिधि चयन गर्नु पर्छ भन्ने बारेमा व्यवहारिक ज्ञान हुनुपर्छ भन्ने धारणाले पुर्ण निर्वाचन अाचार समंहिता पालना गर्दै राष्ट्रिय रुपमा गरिने निर्वाचन प्रक्रिया अनुरुपनै निर्वाचन गरिएको बिद्यालयका प्रधानाध्यापक तथा प्रमुख निर्वाचन अायुक्त बालकृष्ण प्रसाईंले बताउनु भयो ।

निर्वाचनमा बिद्यालय क्याप्टेन एक र हाउस अन्तरगत चार सदन रहेकोमा प्रत्येक सदनबाट एकएक क्याप्टेन र एकएक सह क्याप्टेन गरि जम्मा ३ बटा पदमा नौ जना बिद्यार्थी छनौटकालागि २७ जना बिद्यार्थीको उमेद्वारी रहेको र उक्त छनौट प्रक्रियामा बिद्यालयका कक्षा ४ देखि कक्षा ११ सम्मका बिद्यार्थी मतदाता रहेको बिद्यालयका सहायक प्रधानाध्यापक तथा मुख्य निर्वाचन अधिकृत प्रेम बहादुर चाम्लिङले बताउनु भयो । निर्वाचनको क्रममा बिद्यार्थीलाई निर्वाचन प्रक्रियामा लादैगर्दा निर्वाचनको सबै बिधी र प्रकृयाको बारेमा प्रयोगात्मक ज्ञान दिदै निर्वाचन गरिएको पनि चाम्लिङले जानकारी गराउनु भयो ।

बिद्यालयको क्याप्टेनमा ५ जनाको उमेदवारी परेकोमा कक्षा ११ कि छात्रा सुष्मा कार्की निर्वाचनबाट छनौट भएकी छन भने सदन तर्फ रातो सदनमा क्याप्टेनमा हिमाल उप्रेती , सहक्याप्टेनमा मेनुका थापा , नीलो सदनमा क्याप्टेनमा जितेन्द्र श्रेष्ठ , सहक्याप्टेनमा प्रमोद मण्डल , पहेलो सदनमा क्याप्टेनमा रितिका बिमली , सहक्याप्टेनमा ओम क्षेत्री र हरियो सदनमा क्याप्टेनमा विश्वास नेपाल र सहक्याप्टेनमा करूणा सिटौला निर्वाचन प्रक्रियाबाटै चयन भएको बिद्यालयका शिक्षक निर्वाचन मण्डलका मतगणना अधिकृत हिमाल अाचार्यले जानकारी गराउनु भयो ।

ग्रामीणक्षेत्र लालपानीमा बी.सं. २०२३ मा स्थापना भएको यश सामुदायिक बिद्यालयमा यश अघि कक्षागत रुपमा सामान्य निर्वाचन प्रणाली अपनाएर मनिटरको छनौट गरिदै अाएको भएता पनि पुर्ण निर्वाचन अाचार समंहिता पालना गर्दै राष्ट्रिय रुपमा गरिने निर्वाचन प्रक्रिया अनुरुप भने पहिलो पटक निर्वाचन गरिएको र शिक्षा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक हुनु पर्छ भन्ने कुरालाई जोड दिदै अवको शिक्षा प्राविधिक र व्यवहारीक वनाउदै जाने क्रममा बिद्यालय रहेको बिद्यालय ब्यवस्थापन समितिका शिक्षक प्रतिनिधि त्रीलोचन उप्रेतीले जानकारी गराउनु भयो ।

प्रकाशित मिति: २०२३-०५-२६ , समय : २०:३९:२४ , १० महिना अगाडि