झापाको बुधवारेमा मृत भेटियो पोथी हात्ती

झापा एक्सप्रेस , ४१८९४  पटक हेरिएको

बुधवारे– झापाको बुद्धशान्ति गाउँपालिका–३ मा एउटा हात्ती मृत फेला परेको छ । आदर्श सामुदायिक वनको हाताभित्र सोमवार बिहान एउटा पोथी हात्ती मृत फेला परेको हो ।

हात्ती मरेको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस विषयमा विज्ञको टोलीमार्फत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-२२ , समय : ०९:४९:५६ , १ वर्ष अगाडि