“एमालेको सम्मान तपाईलाई,तपाईको एक भोट सुर्यलाई” भन्ने उद्घोषका साथ एमाले घरदैलोमा

झापा एक्सप्रेस , १०२४४  पटक हेरिएको

शरणामती।चुनाव नजिकिदै गर्दा झापा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रचारप्रसार तिव्र बनाएको छ।

एमालेको झापा गाउँपालिका कमिटिले “”एमालेको सम्मान तपाईलाई,तपाईको एक भोट सुर्यलाई” भन्ने उद्घोषका साथ झापा गाउँपालिकाबासीको घरदैलोमा पुग्ने अभियानलाई तिब्रता दिएको छ।आज सोमवार देखि थालिएको अभियानमा आज यहाँको वडा नं १ का वडाबासीको घरदैलोमा पुगेको कमिटिका अध्यक्ष गजेन्द्र ताम्लीले बताए।झापा गाउँपालिकाका सातै वटा वडामा घरदैलो अभियान जारी राख्ने ताम्लीले जानकारी दिए।

झापा गाउँपालिका (एमाले)ले नेकपा एमाले सरकारमा रहँदा गरेका केही महत्वपूर्ण कामहरुको सुचीवद्द पर्चा बनाई गाउँबासीको घर-घरमा पुग्ने अभियान सुरु गरेको एमाले नेता जितबहादुर कार्कीले बताए।अभियानले गाउँबासीको घर-घरमा गएर एमालेले सरकारमा हुँदा गरेका कामहरुको बारेमा स्थानीयमा जानकारी दिने उदेश्य राखेको कार्कीको भनाई छ।

 

प्रकाशित मिति: २०२२-०३-२१ , समय : १७:२७:४८ , २ वर्ष अगाडि