पाँचथरको तुम्बेवा गाउँपालिका ३ मौवामा २ दिवसीय बहुसांस्कृतिक सङ्गोस्टि सम्पन्न

झापा एक्सप्रेस , २०४६७  पटक हेरिएको

चन्द्र बस्नेत
कनकाई-पाँचथरको तुम्बेवा गाउँपालिका ३ मौवामा २ दिवषिय बहुसस्कृतिक सङ्गोस्टि सम्पन्न भएको छ। कोर्काली अध्ययन केन्द्र फिदिम पाँचथरकोआयोजना तथा तुम्बेवा गाउँपालिकाको आर्थिक सहयोग र विभिन्न दर्जनौं सघ – सस्थाको सह – आयोजनामा २ दिवषिय बहुसस्कृतिक सङ्गोस्टि सम्पन्न भएको हो।

कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन कोर्कालीको सभापतित्व तथा गाउपलिकाका अध्यक्ष बाबुराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियोे ।

कोर्काली अध्ययन केन्द्र स्थापना भएको छोटो समयमा नै आफ्नो भाषा, कला संस्कार, संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता, इतिहास, पहिचान र थाकथलो बारे जानकारी गराउने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्ययन केन्द्रका अध्यक्ष कोर्कालीले जानकारी दिनुभयो ।

कार्यक्रमबाट आफ्नो कला सस्कृती लोभ हुँदै गएको र यसको संरक्षण गरि विभिन्न जातिका, भाषा, संस्कारको सम्बद्र्धन र विकृती–विसंगतीको न्यूनीकरण गर्न सचेतनात्मक कार्यक्रम सञ्चालन गरीएको गाउपलिकाका अध्यक्ष खड्काले बताउनुभयो ।

अध्ययकेन्द्रले आफ्नो रीति–रिवाजको जगेर्ना, इतिहासको खोज, अनुसन्धान र सचेतनाको विकास, आपतविपद् र अप्ठ्यारोमा आर्थिक तथा मानवीय सहयोग प्रदान गर्दै आएको बताईएको छ।

२ दिवषिय बहुसस्कृतिक सङ्गोस्टि कार्यक्रममा आफ्नो भाषा, कला संस्कार, संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता, इतिहास, पहिचान जोगाउन दर्जन बढी जात जातिका कला सस्कृती प्रस्तुत गरिएको पालिका उपाध्यक्ष खड्ग सुन्दर तुम्बाफेले बताउनुभयो ।

कार्यक्रममा लोक गायक जीवन शर्माले आफ्ना पुराना गित सिमली छायांमा बसि लगायतका अन्य विभिन्न गितमा उपस्थित सबैलाई छम छमी नचाहेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिलेन्द्र शेर्मा , गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मणिराज खतिवडा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

यसै अवसरमा अग्रज चन्द्र कुमार शेर्मा , सेसेमी नाल्बो , यादप प्रसाद भट्टराई लगायतलाई सम्मान गरिएको थियोे ।
कोर्काली समाजका सदस्य जीवन गौतमको स्वागत नौलो साहित्य समाजका सदस्यीय प्रेम ओझाले औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सन्चालन अध्ययन केन्द्रका सदस्यद्व्य पवित्रा प्रयत्न ( गुरुङ ) र मदन मुर्छनाले सम्युक्त गर्नुभएको थियो।

प्रकाशित मिति: २०२३-०५-०३ , समय : ०८:५९:०५ , ४ हप्ता अगाडि