झापा एक्सप्रेस , २०८४३ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-६ भृकुटी चौकमा रहेको भृकुटी आधारभुत विद्यालयमा विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ।
विद्यालयमा विज्ञान प्रयोगशाला र बिदाई तथा सम्मान कार्यक्रमको आयोजना गर्दै प्रयोगशाला उद्घाटन गर्नुका साथै विद्यालयका अवकास प्राप्त निवर्तमान प्रधानाध्यापक मदनकुमार भण्डारीलाई विदाई तथा विद्यालयका संस्थापक तथा पुर्व शिक्षकहरुलाई सम्मान गरिएको छ।
कार्यक्रममा ६ लाख ५० हजारको लागतमा निर्माण गरिएको प्रयोगशालाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह,उपाध्यक्ष अन्जुदेवी थपलिया,शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकाल,वडाध्यक्ष नविनकिशोर थापा लगायतले उद्घाटन गर्नुभएको छ।अब विद्यार्थीहरुले विज्ञान प्रयोगशालाबाट विज्ञान सम्बन्धी धेरै कुरा सिक्न सक्ने आशा राखिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक परिवारबाट कमलप्रसाद गनगाईं,जानुकादेवी प्रसाईं,संस्थापक शिक्षक असारुलाल गणेश ,रानी सामुदायिक वनका पुर्व अध्यक्ष पन्चबिर राई,व्यवस्थापक परिवारबाट पुर्णीमा देवी पनेरु,पुर्व शिक्षकहरु नरप्रसाद सिवाकोटी ,लिलाराज बजगाई,मिना सापकोटा,रतनलाल राजबंशी,मन्जु खनाल,मित्रजंग कार्की,खगेन्द्र कटुवाल र अंगुरा कार्कीलाई सम्मान पत्रका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो।
निमित्त प्रधानाध्यापक होमनाथ पराजुलीले सन्चालन गरेको कार्यक्रमको स्वागत शिक्षक सुरज खड्काले गर्नुभएको छ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : ०८:४५:१५ , २ वर्ष अगाडि