झापाका किसानलाई मकै थन्काउने चटारो (भिडियो सहित)

झापा एक्सप्रेस , १३६३१  पटक हेरिएको

झापा-नेपालमा सवै भन्दा धेरै मकै उत्पादन हुने झापा जिल्लामा यतिखेर मकै थन्काउने चटारो छ ।बैशाखको दोस्रो साताबाटै पाक्ने मकैबाली, मनसुनले थन्काउन नपाउला कि भन्ने त्रास र मकैको भाउ घट्लाकी भन्ने पिरले जतीसक्दो छिटो मकैबाली थन्काउन किसानहरु व्यस्त देखिएका छन् ।

झापा गाउँपालिका ४ का किसान जलाल अलीले अदिया ठेक्का गरेर १० बिगाहमा मकैखेती गर्नुभएको छ ।मकैबाली लगाउदा रासायनिक मलको अभावमा चर्को मुल्य तिर्नुपर्दा आम्दानी कम हुने झापा गाउँपालिका ४ का किसान जलाल अलीले बताउनुभयो ।अभावका बिच वाद्यताले खेती गरेका किसानलाई बजारीकरणमा समेत समस्या हुने गरेको उहाँ बताउनुहुन्छ ।

मकैले राम्रो भाउ पाए फाइदा हुने र नपाए नाफाघाटा बराबर हुने किसानले बताएका छन् ।

जिल्लाकै मकै उत्पादनमा अब्बल मानिएको झापा गाउँपालिकामा बैशाख दोस्रो साता देखी जेठ दोस्रो साता सम्म मकैबाली थन्काउने चटारो हुन्छ ।मकैबाली लगाउदा रासायनिक मलको अभाव झेलेका किसान प्रकृती विपत्तीको समेत मारमा पर्ने गरेका छन् ।यो वर्ष पनी चैत्रमा जिल्लाका कनकाई लगायतका क्षेत्रमा असिनापानीले मकैबालीमा ठुलो क्षती पुर्याएको थियो।झापा गाउँपालिकामा भने यो वर्ष अहिले सम्म असिना र पानीले क्षती पुर्याएको छैन ।

झापा गाउँपालिका ५ पन्थापाडा क्षेत्रमा भने जंगली हात्तीले बर्षेनी मकैबालीमा क्षती पुर्याउने गरेका छन् ।क्षती पुर्याएका किसानको अन्नबालीको क्षतीपुर्ती दिन भने स्थानीय सरकार र नेपाल सरकार अनुउद्दार देखिएको छ ।वर्षेनी क्षती विवरण टिपोट गरेर लगेपनी कसैले क्षतीपुर्ती नदिएको स्थानीयको गुनासो रहेको छ .झापामा झन्डै ४५ हजार हेक्टर क्षेत्रमा मकै खेती हुने गरेको छ ।यसमा पनी जिल्लामा सबै भन्दा धेरै झापा गाउँपालिकामा मकै खेती हुने गरेको छ ।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १८:१८:२१ , १ वर्ष अगाडि