झापा एक्सप्रेस , २२८०३ पटक हेरिएको

कनकाई । झापाको कनकाई नगरपालिकास्थित ह्याप्पी ल्याण्ड फन पार्कले नयाँ वर्षमा विशेष अफर ल्याएको छ ।
पार्कले नयाँ वर्षको अवसरमा प्रवेश शुल्कमै दर्जन भन्दा बढी खेल तमासामा खेल्न सकिने गरी अफर ल्याएको सञ्चालक मनोज शिवाकोटीले जानकारी दिनुभयो । उहाँले नयाँ वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर विशेष योजना ल्याएको बताउनुभयो ।
“एउटै टिकटमा भरपूर मनोरञ्जन लिन सकिनेछ”, उहाँले भन्नुभयो, “नयाँ वर्षलाई विशेष बनाउने योजनाका साथ हामीले अफर ल्याएका हौं ।” पार्कमा प्रवेश गर्न २०० रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको उहाँले बताउनुभयो । टिकट काटेपछि साइक्लिङ स्वीमिङ बाहेक सबै खेल हेर्न र खेल्न पाइने पार्कले जनाएको छ ।
पार्कमा झापा, मोरङ, सुनसरी, इलाम लगायत भारतका विभिन्न स्थानका पर्यटक आउने गरेका छन् । नयाँ वर्ष २०८० को अवसरमा पार्कमा २० हजार बढी पर्यटक आउने अनुमान गरिएको छ ।
प्रकाशित मिति: २०२३-०४-१४ , समय : ०७:४०:३२ , २ वर्ष अगाडि