कोटीहोममा लगेर युवतीलाई बलात्कार गर्ने भुजेल पक्राउ

झापा एक्सप्रेस , २५३०३  पटक हेरिएको

सांकेतिक तस्बिर

झापा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका- ११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती महिलालाई कनकाई नगरपालिका ४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगी गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : २०:१२:०८ , १ वर्ष अगाडि