झापा एक्सप्रेस , १२२२५ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका वडा नम्बर ६ का अपाङ्गता भएका व्यक्तिहरुले व्हिलचियर पाएका छन् .वडाको आर्थिक सहयोगमा यहाँका पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले व्हिलचियर पाएका हुन् .
विह्ल चियर वितरण गर्दै गाउँपालिका अध्यक्ष जयनारायण साहले वडागतरुपमा अहिले पाँच जनाले व्हिलचियर पाए पनि आगामी दिनमा गाउँपालिकाबाट अझै धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलचियर वितरण गरिने बताउनु भयो .
त्यस्तै व्हिलचियर वितरण गर्दै वडाध्यक्ष नविनकिशोर थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज होस् भनेर यो कार्यक्रम ल्याएको बताउनु भयो .
प्रकाशित मिति: २०२३-०४-१० , समय : २०:३५:३५ , २ वर्ष अगाडि