इलाम कारागारबाट थुनुवा फरार

रासस , ३३४९३  पटक हेरिएको

सांकेतिक तस्बिर

मङ्गलबारे, १७ चैत-इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ ।

बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ ।

गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनाका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो ।
डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज ९ मा पक्राउ गरेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो । यस कारागारभित्र यसअघि मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १६:४२:४६ , १ वर्ष अगाडि