प्रेस सेन्टर झापाले अक्षयकोष स्थापना गर्ने

झापा एक्सप्रेस , २३३०३  पटक हेरिएको

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापा शाखाले अक्षयकोष स्थापना गर्ने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा वितरण हुँदै आएको पत्रकारिता पुरस्कारलाई सहज र निरन्तर वितरण गर्नका लागि अक्षयकोषको स्थापना गर्न लागिएको हो।

नवौँ जिल्ला अधिवेसनबाट निर्वाचित प्रेस सेन्टर नेपाल झापाको नयाँ कार्यसमितिको पहिलो बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापनाका लागि अध्यक्ष राजु पाठकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
मंगलबार बिर्तामोडमा बसेको बैठकले निवर्तमान समितिलाई धन्यवाद दिनुका साथै कार्यालय स्थापना गर्ने लगायत विविध बिषयमा निर्णय गरेको छ।

झापा अध्यक्ष पाठकको अध्यक्षता र सेन्टरका प्रदेश सदस्य डिकेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको वैठक सचिव पुष्प खड्काले संचालन गरेका थिए।

प्रकाशित मिति: २०२३-०३-२१ , समय : २१:०१:२७ , १ वर्ष अगाडि