झापा एक्सप्रेस , ११२३९ पटक हेरिएको

टिकाराम बास्तोला
हल्दिबारी–४ मा रहेको पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको भोलि हुने निर्वाचनको सबै तयारी पूरा भएको छ ।
पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा २१ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गरेका छन् ।
अध्यक्षमा २ जना उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सह सचिवमा २ जनाले उम्मेद्धारी दर्ता गरेका छन । त्यसै गरि ३ वटा क्षेत्र विभाजन गरि उम्मेद्धार दर्ता गरेको मा एक नं. क्षेत्रबाट ३ पुरुष २ महिला, २ नं. क्षेत्रबाट २ पुरुष २ महिला, ३ नं. क्षेत्रबाट २ महिला उम्मेद्धारी दर्ता भएको निर्वाच समितिका संम्योजक योगेश कार्कीले जानकारी दिएका छन।
बन नियम अनुसार उपाध्यक्ष, कोषाध्यक्ष र प्रत्येक क्षेत्रबाट एक एक जना महिला लाई अनिवार्य गरिए अनुसार राधाकुमारी गेलाल र शर्मिला लामिछानेले उपाध्यक्षमा उम्मेद्धारी दिएका छन । त्यसै गरी कोषाध्यक्षमा मञ्जु देवी सुवेदी दाहाल र मनिता अधिकारी गौतमले उम्मेद्धारी दर्ता गरेको निर्वाचन समितिका सदस्य जय प्रकाश दाहालले जानकारी दिएका छन्। अध्यक्ष पदको लागि भने केदार प्रसाद उप्रेती र सागर पोर्तेलले उम्मेद्धारी दर्ता गराएका छन । त्यस्तै सचिवकोलागी कुमारी दाहाल मैनाली, सालीग्राम पराजुलीले उम्मेद्धारी दिएका छन् । त्यसै गरि सह सचिवमा जीवन कुमार दाहाल, र भरत ढकालले उम्मेद्धारी दिएका छन् ।
सदस्यहरुमा क्षेत्र नं १ बाट आेमकृष्ण पाैडेल, नविन निराैला, मुनिराम खरेल, सिता अधिकारी खनाल र सपना लिम्बु महिला सदस्य त्यस्तै क्षेत्र नं २ बाट , दिल कुमार राजवंशी, दिलिप कुमार शाह, कुमारी प्रसाइ र दिपा खनाल घिमिरे महिला सदस्य उम्मेद्धारी दर्ता गरेका छन् भने क्षेत्र नं ३ बाट ,तारादेवी आेली र सृजना पराजुली ले महिला सदस्यमा उम्मेद्धारी दर्ता गरेकाे निर्वाचन समिति सदस्य जयप्रसाद दाहालले बताए ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : २१:५६:०९ , २ वर्ष अगाडि