सुरुङ्गा जेसीजले गर्यो होली मिलन कार्यक्रम

झापा एक्सप्रेस , १२८८८  पटक हेरिएको

कनकाई-सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रमको मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली पर्व यो वर्ष भने आज (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होली पर्व मनाईएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिनुभयो । आज शुक्रबार बिहान १० बजे कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको सास्कृतिक सयोजक एवम कार्यक्रम कि संयोजक सारिका गिरीले जानकारी दिनुभयो ।

वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन कार्यक्रम कि संयोजक सारिका गिरीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगर उपप्रमुख मन्जु प्रसाईंलेले होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएकाले त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख प्रसाईंलेले यस्ता सामाजिक सघ सस्थाका कारण पछिल्लो समय महिलाहरू लाई अगाडी बढन मद्दतपुग्ने गरेको बताउनु भयो ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो ।
कार्यक्रममा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाईएको थियोे । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइने गरिन्छ । होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ । हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ ।

कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम ओली , रोटरी क्लब अफ कनकाई सुरुङ्गा का अध्यक्ष सुशील कुमार श्रेष्ठ , नि वर्तमान अध्यक्ष यदुका ओलि उप्रेती , सुरुंगा जेसीजका पुर्व अध्यक्षहरु शिव कुमार कडेल, कमल प्रसाद कटेल ,राज कुमार कटेल लगाएतको उपस्थिति रहेकोे सुरुङगा जेसीज वर्ष २०२२ का उपाध्यक्ष रोहित कोईरालाले जानकारी दिनुभयो ।

सुरुङगा जेसीजले यस अघि पनि सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

यस अघि सुरुङ्गा जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण, विपन्न नागरिकलाई न्यानो कपडा वितरण ,अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ । जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।
जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको छ ।
जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

गएको वर्ष कोरोनाले विश्व नै आक्रान्त भएपछि यस्ता भिडभाड जन्य कार्यक्रम माथि सरकारले बन्द नै गरेको थियोे । तर यो वर्ष भने कोरोना महामारी कम भए सगै सरकारले पनि सबै छेत्रमा प्रतिबन्ध फुकुवा गरे पछि स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाईएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-०३-१८ , समय : १८:२१:१० , २ वर्ष अगाडि