झापा गाउँपालिका -मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

झापा एक्सप्रेस , २१०८१  पटक हेरिएको

शरणामती –अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा झापाको झापा गाउँपालिकामा विभिन्न कार्यक्रमका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ कारितास नेपाल र एसएन जेडीको सहयोगमा झापा-४ स्थित डिल्लीराज माविको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नारीलाई सम्मान गर,महिला पुरुष बराबरी जस्ता नारा लगाई झापा बजार समेत परिक्रमा गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १९:३८:१२ , १ वर्ष अगाडि