झापा एक्सप्रेस , १४७४५ पटक हेरिएको
शरणामती-झापाको बिर्तामोड नगरपालिका-२ र कनकाई नगरपालिका-८ को सिमानामा साडे तिन करोड रुपैयाँको लगानीमा वालुवाटार रिसोर्ट सञ्चानमा आएको छ । कनकाई नगरपालिका ८ घर भएका प्रेम कटुवाल, मोहन लुईटेल र टेक बहादुर बस्नेतले संयुत्त लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
करिब १ बिगाह क्षेत्रफलमा फैलिएको रिसोर्ट भित्र सवारी साधन पार्कीङ्गको राम्रो व्यवस्था रहेको छ । साथै ग्राहकहरुको सुरक्षाको लागि सिसि क्यामराको व्यवस्था समेत गरिएको छ ।
लामो समय वैदेशीक रोजगारीबाट फर्कीए पछि मोहन लुईटेल र टेक बहादुर बस्नेतले स्वदेशमै केहि गर्नुपर्छ भन्ने सोचबाट प्रेरित भई होटल लाईनमै काम गरेको अनुभवलाई स्थानिय स्तरमा प्रयोग गरिएको वताएका छन् । रिसोर्ट तयार पार्न ५ बर्षको समय लागेको संचालक प्रेम कटुवालले बताए।
सुन्दर दृष्य अवलोकनका लागि शान्त वातावरणमा पारिवार सहित घुम्न, तस्बिर खिच्न र मिठो परिकार सुलव मुल्यमा खान सकिने संचालक टेकबहादुर बस्नेतले बताए ।रिसोर्टमा साना बच्चाका लागि खेल्ने स्थानहरू समेत रहेको उनले जानकारी दिए ।
लक्ष्मिपुर साथै छिमेकी पालिकामा समेत यस्ता रिसोर्ट नभएकोले यहाँ विवाह वर्तमन्ध गर्न समेत सजिलो हुनाले ग्राहकको घुइचो लाग्नेमा विश्वस्त रहेको सन्चालक मोहन लुईटेलले बताए ।
प्रकाशित मिति: २०२३-०३-०६ , समय : १९:४६:०१ , २ वर्ष अगाडि