आदीवासी जनजातीले थर सूचीकरण गर्ने

झापा एक्सप्रेस , ५५७०१  पटक हेरिएको

शरणामती –नेपाल आदीवासी जनजाती महासंघ झापाले आदीवासी जनजातीका थरहरु सुचिकरण गर्ने अभियान थाल्ने भएको छ ।

आज सोमबार झापाको बिर्तामोडमा बसेको झापा जिल्ला समन्वय समितिको भेलाले एक हप्ता भित्र प्रत्येक आदिवासी जनजाती भित्रका जातिय संस्थाका केन्द्रिय समितिले आ-आफ्नो जाति भित्रका थरहरु के-के छ्न लिखित प्रतिवेदन आयोग समक्ष पेश गर्नुपर्ने निर्णय गरिएको गनगाई युवा समिति संयोजक बिमल गणेशले जानकारी दिनुभयो ।

आदिवासी जनजाती मानिसहरूलाई आफ्नो जातिय पहिचान खुलाउन सजिलो होस भन्ने उदेश्यले आयोगले थरहरु सूचीकरण गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : २१:५९:१८ , १ वर्ष अगाडि