झापा एक्सप्रेस , ४५९३८ पटक हेरिएको

शरणामती –महाशिव रात्रीको अवसरमा झापाको झापा गाउँपालिका-४ झापा बजार स्थित शिवालय मन्दिर परिसरमा आयोजना गरिएको रमाइलो तथा धार्मिक मेलाको विधिवतरुपमा उद्घाटन गरिएको छ ।
फागुन १० गते सम्म लाग्ने मेलाको आज सुक्रबार पण्डित प्रवर अर्जुन भट्टराई र गुरु माधब प्रसाद पौडेलले विधिवतरुपमा उद्घाटन गर्नु भयो ।शिवालय मन्दिर अष्ठयाम समितिले आयोजना गरेको रमाइलो तथा धार्मीक मेलामा भोली शनिबार देखी ४८ घण्टा सम्म अखण्ड अष्टजामको आयोजना गरिएको समितिका संयोजक राजुजंग भारतीले बताउनु भयो ।
मेलाको आयोजना गरिएसँगै शिवालय मन्दिर बेहुली झैँ सिगारिएको छ ।धार्मिक मेलामा प्रसाद ग्रहण गर्नपाउनुका साथै रमाइला खेलको समेत मनोरन्जन लिन पाइने भएको छ ।रोटेपिंगका साथै रेल ,बच्चाका खेल आदीको मनोरंजन लिन सकिनेछ ।
शिवालय मन्दिरमा शिवरात्रीको दिन बर्सेनी पुजापाठको आयोजना गरिएपनी यो वर्ष भने भव्यरुपमा मेलाको आयोजना गरिएको संयोजक भारतीले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०२-१७ , समय : १९:४३:०७ , २ वर्ष अगाडि