पिसाव फेर्दा करेन्ट लागेर एक जनाको मृत्यु

झापा एक्सप्रेस , १५५९७  पटक हेरिएको

झापा ।झापा बिर्तामोड नगरपालिका वडा नं. ७ बाह्रघरे का ४९ बर्षिय को खेम श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

पिसाव फेर्नको लागि खाली खुट्टा घर बाहिर निस्कदा घरको वरिपरी जंगली हात्तीबाट सुुरक्षित हुन आफैले लगाएको करेन्टले लागेर घाइते भएका श्रेष्ठको बिर्ता सिटि अस्पताल बिर्तामोड उपचारको मृत्यु भएको हो ।

शनिवार (आज) अस्पतालको डाक्टरले मृत घोषणा गरेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : १९:२५:१४ , १ वर्ष अगाडि