झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

झापा एक्सप्रेस , १८५८४  पटक हेरिएको

घरायसी झगडाका कारण आफ्नै श्रीमतीलाई मारेर घरछेउमा खाडल खनेर पुर्ने श्रीमान मनोज बस्नेतलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
चार दिनअघि हत्या गरी श्रीमतीलाई माटोमुनि गाड्ने अर्जुनधारा ८ बस्ने ३३ वर्षिय मनोज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

अर्जुनधारा –८ नयाँ खसीबजारको २ सय मिटर उत्तर चौरीमा श्रीमती ४५ वर्षिया कल्पना पोखरेल बस्नेतको शव गाडिएको अबस्थामा आज दिउँसो शनिवार ५ बजे फेला परेको थियो ।
अनुसन्धानका क्रममा उनका श्रीमान मनोज बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उदयपुर रामपुर ८ घर भई उनीहरु अर्जु्नधारा ८ मा बस्दै आएका थिए ।सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताउनुभयो । हत्या गर्ने बस्नेत वैदेशिक रोजगारीबाट १० दिन पहिले मात्रै घरमा आएको स्थानीयको भनाई छ । केहिदिन पहिलेबाट घरबाट श्रीमती एकाएक हराएपछि छरछिमेक र प्रहरीले खोजीगर्दा बस्नेतले आफुले बुधवार राती श्रीमतीको हत्या गरेर स्थानीय जग्गा प्लटिङ गरेको स्थानमा श्रीमतीलाई पुरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएस्पी रुगमबहादुर कुँबरले बताउँनुभयो । प्रहरीले बस्नेतले कवोल गरेअनुसार घरबाट २ सय मिटर छेउमा जमिनमुनी खनेर मृतक कल्पना पोखरेलको नग्न मृत शरिर निकालेको हो ।
घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि बाकी घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी प्रमुख रुगमबहादुर कुबँरले बताउँनुभयो ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : २०:५८:१४ , १ वर्ष अगाडि