झापा बजारमा अमरपथ ५० फिट

झापा एक्सप्रेस , २६४३२  पटक हेरिएको

शरणामती –झापाको झापा गाउँपालिका वडा नम्बर २ झापा बजार क्षेत्र देखी स्वास्थ्य चौकी जाने बाटो सम्म अमरपथ बाटोलाई ५० फिट कायम गर्ने निर्णय गरिएको छ .

वडा नम्बर २ कार्यालयमा वडाध्यक्ष हिमाल चम्लागाइको अध्यक्षता बसेको भेलाले उक्त निर्णय गरेको हो.स्थानीयहरु समेत उपस्थिती रहेको भेलामा अमरपथ बाटो निर्माण गर्दा यस वडा क्षेत्र भित्र ५० फिट राख्ने र दुवै तर्फ नाली निर्माण गर्ने तथा नाली सम्म नै कालोपत्रे बनाउन लगाउने निर्णय गरिएको छ .बिचमा पर्ने हनुमान मन्दिरको पुर्व तर्फको बरण्डा दक्षिण तर्फ कायम गर्ने र दक्षिण तर्फको रुख काट्ने साथै उत्तर तर्फको चौतारा भत्काउने निर्णय गरिएको छ .

अमरपथ बाटो निर्माण गर्ने ठेकेदार सँग समन्वय गरी हाल कायम रहेको बाटोको बिचबाट दायाँ बायाँ बराबर नाप लिने समेत निर्णय गरिएको छ .

प्रकाशित मिति: २०२३-०२-०२ , समय : १९:३३:०५ , १ वर्ष अगाडि