झापा एक्सप्रेस , १६१७० पटक हेरिएको

रोटरी क्लब काठमाडौं र रोटरी जिल्ला ३२९२, रोटरी नेपाल लिटेरेरी मिसनले पब्लिक स्कुल टिचर्स काे लागि आइसीटी ट्रेनिंग संयुक्त रुपमा सन्चालन गरेको छ।
उक्त कार्यक्रममा महानगरपालिकाका १२ विध्यालयका १५ जना शिक्षकहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रम को समापन समारोह रोटरी क्लब काठमाडौंका पूर्व अध्यक्ष राजेन्द्र कुमार दाहाल को सभापतित्व एवम रोटरी नेपाल लिटेरेरी मिसनकाअध्यक्ष PDG Rtn तिर्थमान शाक्यको प्रमुख आथित्यमा सन्चालित उक्त कार्यक्रममा रोटरी नेपाल लिटेरेरी मिसनका सह अध्यक्ष PDG Rtn किरणलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो। उक्त ट्रेनिङको सहजीकरण रोटरी क्लब काठमाडौंका सह सचीव केशवराज ज्ञवालीले गरेका थिए। त्यसै गरि उक्त कार्यक्रम को उदधाटनमा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष अचुत बाबुओझा, काठमाडौ महानगर पालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बोल्नु भएको थियोे ।विशेष अतिथि सुबेदिले आगामी दिनहरुमा शिक्षकहरुलाई मोटिभ गरि शिक्षा को गुणस्तर बढाउन यस्ता कार्यक्रमहरु अर्थपूर्ण हुने कुरा बताउनु भयो।
रोटरी क्लब काठमाडौंका अध्यक्ष तीर्थराज दाहालले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु लगातार विभिन्न निकायहरुको समन्वयमा सन्चालन गरिने कुरा बताउनु भयो।रोटरी क्लब काठमाडौंले लक डाउनको बेलामा पनि देश व्यापी रुपमा जुम कक्षा सन्चालन गरेको थियो। रोटरी क्लबको यो चौथो आइसीटी तालिम हो।
प्रकाशित मिति: २०२३-०१-२५ , समय : १८:४४:११ , २ वर्ष अगाडि