किसानलाई दुधको मूल्य उच्चतम दिने गोकुल डेरीको दावी

झापा एक्सप्रेस , १०९४३  पटक हेरिएको

शरणामती।गाउँ घरमा किसानहरुले दुधको मुल्य न्यून भयो भन्दै गुनासो पोखिरहेका बेला झापाको झापा गाउँपालिका-६ भृकुटी चौकमा गोकुल डेरीले दुग्ध संकलन साखा खोल्ने भएको छ।

धरान स्थित मुख्य संकलन केन्द्र रहेको डेरीले भृकुटी चौकमा दुग्ध उत्पादक किसान सँगको भेलामा किसानले उत्पादन गर्ने दुधको मूल्य अरु संकलकले भन्दा उच्च दिने बताएको छ।´हामी किसान सँग लिएको दुधको मूल्य अरु डेरीले भन्दा धेरै दिन्छौ,साथै किसानलाई दुधको पैसा १५ दिनमै दिन्छौ गोकुल डेरीका संचालक शिव न्यौपानेले बताए।

हामी दुधको फ्याट ६.६६ पैसा र एस.एन.एफ ३.४५ पैसा दिनेछौ न्यौपानेले थपे।भोलि चैत्र १ गते देखि नियमित संचालनमा ल्याउन लागेको डेरीले समयमै किसानलाई नगद दिने दुधको मूल्य समेत बजारमा भन्दा बेसी पाउने भएकाले स्थानीय दुग्ध उत्पादक किसानमा खुसी छाएको छ।

गोकुल डेरीले आफ्नो प्रतिवद्दता पूरा गर्ला कि नगर्ला त्यो बाँकी दिनले नै बताउने छ।

प्रकाशित मिति: २०२२-०३-१४ , समय : १५:४७:०९ , ३ वर्ष अगाडि