शिवसताक्षीमा बन्न लागेको सौर्य उर्जाले झापा जिल्लाभरलाई विद्युत पुग्ने अनुमान

झापा एक्सप्रेस , १६७०१  पटक हेरिएको

शरणामती-झापाको शिवासताक्षी नगरपालिका-४ बोलोचोकमा निर्माण हुन लागेको सौर्य उर्जामा आधारित विद्युत उत्पादनले झापा जिल्लाभरलाई विद्युत पुग्ने अनुमान गरिएको छ।आज (बिहिबार) सौर्य उर्जामा आधारित विद्युत उत्पादन परियोजनामा काम गर्दै आएको झापा इनर्जी लिमिटेडको चौथो वार्षीक साधारण सभामा यस्तो बताइएको हो।

करिव २५ विगाह क्षेत्रफलमा बनाउन लागिएको यस परियोजनाले १० मेगावाट विद्युत उत्पादन गर्ने प्रक्षेपण गरिएको छ।

झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी सावाँ लिम्बुको अध्यक्षता र संबिधान सभाका पुर्व सभामुख सुवास नेम्वाङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष एलपी साँवा लिम्बुले झापा इनर्जी लिमिटेडले अहिले सम्म गरेका कामहरुको चर्चा गरेका थिए ।बोलोचोकको सबस्टेसन सम्म तार बिछ्याई सकेको समेत उनले बताए।सोलार प्यानल आउने क्रममा छ ,आउदो जेठ असार सम्ममा कम्पनीले विद्युत उत्पादन गरिसक्ने लक्ष्य राखेको छ लिम्बुले भने ।

कार्यक्रममा प्रमुख अतिथी नेम्वांगले सौर्य उर्जामा आधारित विद्युत उत्पादनमा मुलुकलाई जोड्दै लग्नु पर्नेमा जोड दिएका छन् ।झापामा सौर्य उर्जा उत्पादनमा आफु स्थापनाकाल देखीनै जोडिदै आएको उनले बताएका छन् ।

प्रवन्धक सञ्चालक सुवास भट्टराईले सन्चालन गरेको कार्यक्रममा सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गरेका थिए । परियाेजनाकाे लागत करिब ८० कराेड रुपैयाँ छ ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : १९:०६:०२ , १ वर्ष अगाडि