शिभांस बिमली स्मृति छात्रवृति कोषले कनकाईमा गर्यो छात्रवृत्ति प्रदान

झापा एक्सप्रेस , १३००३  पटक हेरिएको

सानै उमेरमा डेनमार्कमा ज्यान गुमाएका शिभांस बिमलीको नामबाट उहाँका परिवारजनहरु बुबा नविन बिमली, आमा राधा परजुली बिमली लगायातबाट सुरु गरिएको छात्रवृत्तिबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कनकाई मावि सुरुङ्गाको सभाहलमा आयोजित छात्रवृत्ति प्रदान कार्यक्रममा बिमली बन्धु समाजका केन्द्रिय अध्यक्ष युवराज बिमली, कनकाई माविका अध्यक्ष जनार्दन उप्रेती, प्राचार्य कर्ण डाँगी, व्यावसायी ओमकृष्ण बिमली, भगवती आधारभुत विद्यालयका प्रअ खडगप्रसाद बिमली लगायातले दमक बहुमुखी क्याम्पसमा अध्यानरत् तथा कनकाई माविबाटै ३ बर्षपहिले प्रदेश प्रथम हुन सफल विद्यार्थी निशान्त बिमली तथा जिल्ला स्तरीय परिक्षामा कनकाई नगरबाट उत्कृष्ट नतिजा ल्याउन सफल श्रद्धा गौतम र दिवश कोइराला यसैगरि कनकाई माविमा अध्यानरत् विशेष शिक्षा तर्फका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो । कलेजका विद्यार्थी निशान्तलाई नगद ३५ हजार र र कक्षा ८ मा अध्यानरत् विद्यार्थीलाई जनही ७ हजार रुपैँया प्रदान गरिएको हो । छात्रवृति वितरण समारोहको संचालन परिवारका सदस्य केशवप्रसाद ओझाले गर्नुभएको थियो भने सभापतित्व नन्दमणि बिमली र स्वागत नेत्र बिमलीले गर्नुभएको थियो । छात्रवृति वितरणपछि बोल्दै छात्रवृत्ति पाउन सफल निशान्त बिमलीले आफुले छात्रवृत्ति पाएपछि उच्चतहको अध्यानमा सहयोग र प्रोत्साहन मिलेको बताउँनुभयो । कार्यक्रममा बोल्दै व्यावसायी ओमकृष्ण बिमली, कनकाई माविका अध्यक्ष जनार्दन उप्रेती, लगायातले शिभांस आफु मरेर गएपनि अरुलाई शिक्षा दिनमा सहयोग मिलेको बताउँनुभयो । डेनमार्कमा रहनुभएका नविन बिमली, राधा बिमली लगायातको बिमली परिवारले आफ्ना छोरा शिभांसको मृत्युपछि हरेक बर्ष झापामा अक्षयकोषको स्थापना गरि छात्रवृत्ति वितरण गर्दै आइरहनुभएको छ । हरेक बर्षको पुस २५ गतेका दिन शिभांसको स्मृति दिवशका दिन पारेर छात्रवृति विगत ७ बर्षदेखि प्रदान गर्दै आइरहेको बिमली परिवारका केशव ओझाले बताउँनुभयो ।

प्रकाशित मिति: २०२३-०१-१० , समय : ०९:४५:४० , २ वर्ष अगाडि