झापा एक्सप्रेस , १४६४३ पटक हेरिएको
झापाको कनकाई नगरपालिका स्थित तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वनको २४ अौ साधारणसभामा सञ्चारकर्मी चुडामणि तिम्सिना ( सिएम शर्मा ) सहित दर्जनौं सम्मानित हुनुभएको छ ।
ठोस खबर डट कमका संचालक/ सम्पादक तिम्सिनाले सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण , संवर्धन र विकासमा पुर्याएको सहयोगको मुल्यांकन गर्दै वनसमुहले समुहको साधारणसभाको अबसरमा तिम्सिनालाई नगद सहित सम्मान गरेको हो ।
त्यसैगरी कार्यक्रममा वन समुहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहन्दार बिद्यार्थी तर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरीहरु रिजन सुवेदी , अनुषा राई , रोषन ( प्रनिषबाबु ) , निरुपणा प्रसाईं , निर्मला रिजाल , विमर्श दाहाल लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरि फरक क्षमता भएका मोहन बहादुर गुरुङ , ज्ञानबहादुर लिम्बू , पञ्चसिला भुजेल , डम्बरबहादुर दर्जी र बिरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा समुहको दशौ समितिको कार्यकाल चलिरहदा पुर्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै पाचौं पुर्व कार्यसमितिका पदाधिकारी हरुलाई सम्मान गरिएको छ । त्यस्तै दशौ कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको छ ।
जेष्ठनागरिक तर्फ दलबहादुर कटुवाल , पवित्रा देवी तिम्सिना , चन्द्र प्रसाद उप्रेती , लिलादेवी चापागाईं , मर्करध्वज सुवेदी , टिकादेवी मैनाली , पुण्यप्रसाद मैनाली , बाले मुर्मु मातालाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दन सहित कपडा र नगद बाट सम्मान गरिएको छ ।
वन संग प्रतक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहको साधारणसभामा अध्यक्ष ख्याम अोलिले वन संरक्षण समिति लगायत ९ अौं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
अोलिले अार्थिक बर्ष २०७८/२०७९ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र अागामी दिनमा समुहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू अार्थिक बर्ष २०७९/२०८० मा विभिन्न शिर्षकबाट अाम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित अाय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्री प्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । तेस्तै खरेलले समुहको २०७९/२०८० को अनुमानित अाम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गर्नुभएको थियोे ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्ष बाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थीयो । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यलय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालिले सम्हाल्नु भएको थियोे भने माईन्युट प्रमाणीकरण डा. पुण्य प्रसाद पौडेल , कमल मैनाली , तिर्थ खरेल , हरि प्रसाद सेडाई र चन्द्र मैनाली भतिजले गर्नु भएको थियोे ।
“वन संरक्षण गरौ देशको वातावरण जोगाअौं” भन्ने मुल नाराका शनिबार वन समुहको प्राङ्गणमा समुहका अध्यक्ष ख्यामप्रसाद अोलीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल , भक्तिप्रसाद सिटौला , लखी गणेश , पुर्व मन्त्री तथा पुर्व प्रदेश शभा सदस्य हिराकुमार थापा , कनकाई नगर उप प्रमुख अाशा शर्मा शिवाकोटी , सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल , राजनीति दल तर्फबाट दुर्गा प्रसाईं र कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समुहको सचिव मान्तादेवि काफ्ले खरेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत गर्नु भएको थियोे ।
प्रकाशित मिति: २०२३-०१-०७ , समय : १८:५६:३५ , २ वर्ष अगाडि