भर्खरै-झापा गाउँपालिकाबाट ब्राउन सुगर सहित एक पक्राउ

झापा एक्सप्रेस , २५२८५  पटक हेरिएको

झापा एक्सप्रेस।झापाको झापा गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानाबाट ब्राउनसुगर सहित एक जना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-७ का २३ वर्षीय वामदेब मिश्र रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज मंगलबार अन्दाजी दिउँसो २ बजे भारतबाट नेपाल आउँदै गरेका मिश्रलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ३.५० ग्राम फेला परेको थियो।

शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक बिरबहादुर भण्डारीको कमाण्डमा रहेको टोलीले मिश्रलाई तत्कालै पक्राउ गरेको हो।

उनका बारेमा थप आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : १५:३६:४५ , २ वर्ष अगाडि