सुुरुङ्गामा मोटिभेसनल स्पिकर भट्टले दिए सात सय भन्दा बढीलाई उत्प्रेरणा मुलक तालिम

झापा एक्सप्रेस , २६७८४  पटक हेरिएको

झापाको सुरुङ्गामा युवालाई लक्षित गरेर अायोजना गरिएको द विग सिफ्ट सेमिनारमा मोटिभेसनल स्पिकर सौनक भट्टले सात सय भन्दा बढीलाई उत्प्रेरणा मुलक तालिम दिएका छन ।

रोटर्याक्ट क्लब अफ सुरुङ्गा र आइवाई डाइनामिक को संयुक्त आयोजनामा बुधबार झापाको सुरङ्गा स्थित कनकाई अतिथि सदनमा सौनक भट्टबाट तालिम लिन अातुर झापाका सामुदायिक तथा निजि बिद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र अन्य युवाहरुलाई उनले कसरी सकरात्मक सोचको बिकास गर्न सकिन्छ भन्ने बिषयमा उत्प्रेरणा मुलक तालिम प्रदान गरेका हुन ।

हालसम्म तीन लाख भन्दा धेरै व्यक्तिलाई उत्प्रेरणा प्रदान गरिसकेका भट्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग काम गर्दै आएका व्यक्ति हुन् । धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेका भट्ट एक कुशल सहजकर्तामा पर्दछन् । भट्ट ‘लाइफ कोच’का रूपमा पनि परिचित व्यक्ति हुन् । उनको कक्षामा भर्खर किशोरावस्था प्रवेश गर्न लागेकादेखि सेवा निवृत्त हुने उमेरसम्मका व्यक्ति सहभागी हुने गरेका छन ।

प्रमुख अाकर्षक मोटिभेसनल स्पिकर सौनक भट्टले सहजीकरण गरेको सेमिनारमा अायोजक संस्था द्वय रोटर्याक्ट क्लब सुरुङ्गा र आइवाई डाइनामिकका अध्यक्ष रोशन शाह र अभिषेक मिश्रको अध्यक्षता रहेको थिय‍ो । कार्यक्रममा बिशेष अतिथि कनकाइ नगर उपप्रमुख अाशा शर्मा शिवाकोटी र राेटरी क्लब अफ सुरुङ्ग , सुरुङ्गा जेसिज , कनकाई उध्योग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा नेपाल उध्योग बाणिज्य महासंघ प्रदेश नं.१ का सदस्य समेत रहेका कुमारमणी पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष ख्यामप्रसाद प्रसाईं , समाजसेवी शिव कडेल , जिल्ला स्थित रोटर्याक्ट क्लबका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , कार्यक्रमका प्रायोजक संस्थाका प्रतिनिधि लगायतको अातिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई रोट्रयाक क्लब अफ सुरुङ्गाकी सचिव सारीका गिरिले स्वागत गरेकि थिईन भने जुनियर नेपाल अाईडल टप ९ सम्म पुग्न सफल प्रेरणा अोलिले स्वागत गित प्रस्तुत गरेकी थिईन ।दिपेश तिवारीले कार्यक्रम संयोजकको अध्यक्षता गरेकोे कार्यक्रम संचनलन मोटिभेटर समेत रहेका रिसवसिंह चहारले गरेका थिए ।

प्रकाशित मिति: २०२२-१२-१४ , समय : १९:२४:३४ , २ वर्ष अगाडि