झापा गाउँपालिकामा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण

झापा एक्सप्रेस , १७०१५  पटक हेरिएको

शरणामती।झापा गाउँपालिकामा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण तालीम सम्पन्न भएको छ।

मिसियो जर्मनीको आर्थिक सहयोग तथा झापा गाउँपालिकाको समन्वय एवम एसएनजेडीको सहयोग र कारितास नेपालको आयोजनामा सो तालीम सम्पन्न भएको हो।

हिमालयन अधिकारीको अध्यक्षता र झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको सो अभिमुखिकरण तालिममा लैङ्गिक हिंसाका बारे परिचर्चा गरिएको थियो।लैङ्गिक हिंसा न्यूनीकरणमा समाजको भुमिकाका विषयमा चर्चा गरिएको थियो।सहभागीहरुलाई लैङ्गिक हिंसा न्युनिकरणमा आफ्नो-आफ्नो स्थान देखि पहल तथा सहयोग गर्न आग्रह गरियो।

बुधबार झापा-४ को डिल्लीराज माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु हिमाल चम्लागाई,राजकुमार यादव,सुभासलाल गणेश,सदस्यहरु राजकुमार कोच,अनिता केसी,दिलिप विश्वकर्मा,गाउँपालिका महिला तथा बालबालिका साखाकी सन्जु फागो लगायतको उपस्थिति रहेको कारितास झापा गाउँपालिकाका सागर अधिकारीले बताए।

प्रकाशित मिति: २०२२-१२-०८ , समय : ०९:१६:२६ , २ वर्ष अगाडि

error: Content is protected !!