झापा एक्सप्रेस , २२०३९ पटक हेरिएको

झापा । झापा गाउँपालिकाकाे एउटा मतदान स्थल परिसरभित्र अज्ञात समूहले सुतली बम विस्फाेट गराएकाे छ । झापा २ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा आज विहान साढे ९ बजे बम विस्फोट गराएकाे हाे ।
मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएकाे स्थानीय प्रल्हादकुमार राजवंशीले बताए । विस्फोट पछि मतदान स्थगतसँगै त्रसित बनेका थिए । घटनास्थल नेपाली सेनाकाे टाेली पुगेकाे आधा घण्टा पछि मात्र मतदान सुरू भएकाे थियाे ।
प्रकाशित मिति: २०२२-११-२० , समय : १२:०८:४६ , २ वर्ष अगाडि