सुरुङ्गामा एकदिवसीय नृत्य कार्यशाला

झापा एक्सप्रेस , १९००२७  पटक हेरिएको

कनकाई-झापाको कनकाई नगरपालिकामा रहेको एमजे डान्स सेन्टरले शुक्रबार सुरुङ्गामा एकदिवसीय नृत्य कार्यशाला सम्पन्न गरेको छ ।

नृय प्रशिक्षक सुनिल थापा र अस्लम खानले प्रशिक्षण दिएको कार्यशालामा झापा र मोरङबाट ४ बर्ष भन्दा माथिल्लो उमेर समुहका ५ दर्जन भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यशालामा सहभागी मध्ये अधिकांश सहभागी सामुदायिक र निजि बिद्यालयका बिद्यार्थीहरु रहेका थिए ।

लोक नृत्य र हिपहप पाश्चात्य शैलिका नृत्य सम्बन्धि अाधारभुत ज्ञान प्रदान गरिएको कार्यशालामा सहभागी सबैलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

यसै बिच दस बर्ष अघि देखी सुरुङ्गामा एमजे डान्स सेन्टर सन्चालन गरि बार्षिक रुपमा एक हजार भन्दा बढी नृत्य प्रशिक्षार्थीलाई प्रशिक्षण सेवा प्रदान गर्दै अाएको एमजे डान्स सेन्टरका निर्देशक निशान खानले बताएका छन ।

एमजे डान्स सेन्टरका निर्देशक निशान खानको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा प्रमुख अतिथी समाजसेवी देउमान थेवे , अतिथिहरु पवन ठटाल , याम भुजेल लगायतले शुभकामना मतन्तव्य राखेका थिए ।

कार्यक्रममा नृत्य निर्देशक तथा सुरुङ्गा डान्स सेन्टरका सन्चालक अमन गुप्ता , साउथ होराइजन अंग्रेजी माविका सुरज दत्त, सुदीप लिम्बू , विद्योदय अंग्रेजी माविका शिक्षक गौरव खरेल , द सौल डान्स स्टुडियो मोरङका सञ्चालक प्रमोद बस्नेत , अभिभावक राजेन्द्र सिटौला लगायतको अातिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन उदयमान गायिका प्रज्ञा जोसीले गरेकी थिईन ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : १४:५७:०८ , २ वर्ष अगाडि