झापा एक्सप्रेस , २९१७७ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकामा काशीलाल राजबंशीको घर जलेर पुर्णरुपमा नष्ट भएको छ।
बुधबार अन्दाजी १८.१५ बजे झापा-५ पन्थापाडाका राजबंशीको घरमा आगलागी भएको वडाध्यक्ष कृष्णप्रसाद राजबंशीले बताए।वडाध्यक्षका अनुसार राजबंशीको घर जल्दा करिव ६० लाख मूल्य बराबरको क्षती भएको छ।तल पक्का र माथी सखुवाको काठबाट बनेको ८ कोठे घरमा बाबू काशिलाल सहित छोराहरु भुपेन्द्र र श्याम छुट्टिएर एकै घरमा बस्थे ।घर ठूलो थियो।
आगलागीबाट घरभित्र रहेको तिनै बाबुछोराको नगद ८ लाख,सुन १२ तोला,चाँदी १२५ तोला लगायत लत्ताकपडा,टिभी,दराज,लोबेट सबै जलेर नष्ट भएको छ।मुल घर दक्षिण रहेको भान्सा घर र उत्तर रहेको ग्वाली भने बचाउन सफल भएको वडाध्यक्षले बताए।राजबंशी परिवारले लगाएको एकसरो लुगा देखि बाहेक केही नबचेको वडाध्यक्षको भनाइ छ।
घर जलेपछी विर्तामोडको दमकललाई कल गरेको ५१ मिनेट पछि दमकल आएको वडाध्यक्षको भनाइ छ।दमकल,स्थानिय,प्रहरी,शसस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा लिएका थिए।विद्युत सर्ट सर्किटबाट घर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।घर जल्दा धनमालको क्षती भएपनी मानविय र चौपायाको क्षती नभएको वडाध्यक्ष राजबंशीले जानकारी दिए।
प्रकाशित मिति: २०२२-११-०९ , समय : २२:३७:२१ , २ वर्ष अगाडि