झापा एक्सप्रेस , १६३८८ पटक हेरिएको
कनकाई-नेपाली कांग्रेस झापाका सभापति एवम् गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले जनताको जनमत जितिसकेपछाडि आफ्नो सम्पुर्ण समय जनताका सामु गरेका प्रतिवद्धतालाई पुरा गर्न र विकासका लागि खर्चने उद्घोष गर्नुभएको छ ।
झापाको कनकाई नगरपालिका २ को धनुषकोटीधाममा गठबन्धनका उम्मेद्धारद्धारा आयोजित प्रचारसभालाई सम्बोधन गर्दै नेता थेबेले आफुले जनतासामु पुरै गर्न नसक्ने प्रतिवद्धता नगर्ने तर जुन जुन प्रतिवद्धता गरिन्छ ती क्रमश पुरा गरिछाडने बताउँनुभयो । आफु यसअघि निर्वाचनमा पराजित भएर पनि निर्वाचित जनप्रतिनिधिको भन्दा वढी काम गरेको दावी गर्दै आफ्नो पहलमा करोडौको बजेट यस क्षेत्रका विद्यालयमा आएको, धनुषकोटीधाम बग्नबाट वचाएको, सन्काह खोला किनाराको सुधिरमार्गलाई ५० लाख बजेट निनियोजन गर्न समन्वय गरेको बताउँनुभयो । संयोगले आफ्नो परममित्रनै विषयगत मन्त्री समेत बनेको मौका पारेर मैले काम गर्ने मौका पाए यी सबै काम मैले निर्वाचन हार्दा पनि गरेको छु । यदि तपाईहरुले मलाई निर्वाचन जिताउनुभयो भने म मेरो क्षेत्रमा विकासको मुल फुटाउँछु नेता थेबेले भन्नुभयो ।
यो गर्छु र त्यो गर्छु भन्ने तर चुनाव जितेपछि ५ बर्ष काठमाण्डौमा ट्राईसुटमा हिडने छुट मलाई छैन चुनाव हारेपनि म विकासका लागि तपाईहरुकै घर आगनमा रहनेछु जितेमा पनि रहनेछु थेबेले भन्नुभयो ।
जनताको सबै समस्याका वारेमा आफु जानकार भएकोले निर्वाचन जितेमा आफुकहाँ डेलिकेशनसम्म खासै आउनुपर्ने अवस्था पनि आफुले नबनाउने थेबेको भनाई थियो । २०३६ सालको जनमत संग्रहदेखिनै म यस क्षेत्रमा राजनिति र जनताको काममा लागिरहेको छु पार्टीमा समेत तल्लो तहबाट गाउँबाट उठेको मान्छे हु यसकारण पनि म जनताको साथमा रहेको छु । थेबेले अगाडि जित्नेहरुले झापा ४ का २८ वडामा घुम्दा कुनैपनि एउटा पुर्ण काम गरेको नपाएको भन्दै पुर्व सांसदहरुको कामको समेत समिक्षा गर्न आग्रह गर्नुभयो । थेबेले एउटा जनप्रतिनिधिले ५ बर्ष गाउँमा धोका दियो भने आफुहरु अरु १० बर्ष पछाडि पर्ने भन्दै आफुहरु ५ बर्ष पछाडि परिसकेको भन्दै अव यस्तो गल्ती नर्गन सबैलाई सुझाव दिनुभयो ।
नेपालको इतिहासमा २०१५ सालमा विपिले पहिलो पटक दुई तिहाईको बहुमत ल्याएको भएपनि त्यसलाई राजाले लामो समय चल्न नदिएको भन्दै त्यसपछि २०७४ मा केपीले दुई तिहाईको बहुमत ल्याएको तर यसवेला यस क्षेत्रका खोलानाला, धनीपुर्जा बितरण लगायातका सबै काम गर्न सक्ने अवस्था रहदा रहदै आफै सरकार ढालेको बताउँनुभयो । यता विपक्षिहरुले सन्काह खोलाको किनारामा माओवादीले सुकुम्वासी बनाइदिएर सन्काह खोला थुनिएको हल्ला गर्ने गरेको भन्दै २०२१ सालको नापी अनुसार सुरुङ्गा खोलादेखि सुरुङ्गा बजारसम्मका १० औ वटा सानाठुला खोलाका मुहानलाई मिचेर अकुत सम्पत्ति कमाउनेहरुलाई चाहि किन वाकी राख्ने भन्दै प्रतिप्रश्न गर्नुभयो । जसको केही छैन ती केहि घर सन्थालहरु बसेकोमा आरिस गर्नेहरुले केके विगार गरेका छन हामीले हिसाब किन नखोज्ने नेता थेबेको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका समानुपातिक उम्मेद्धार बिजय साम्पाङ्ग र प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले समेत दिर्घकालिन विकास र सरकार निर्माणका लागि आफ्नो टिमलाई भोट हाल्न आग्रह गर्नुभयो ।सास्कृतिक कार्यक्रम समेत राखिएको सभामा सयौको सङख्यामा स्थानीयको उपस्थिति हरेको थियो ।
प्रकाशित मिति: २०२२-११-०२ , समय : १८:४६:३७ , २ वर्ष अगाडि