उत्कृष्ट गायक संगीतकार भट्टराईको स्वरमा चेप्टीको गित बन्यो भाइरल

झापा एक्सप्रेस , ४८९३२  पटक हेरिएको

स्वामी नितेस ओली
दक्षिणी इलाममा रहेको आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख गन्त्ब्य बनेको चेप्टीमा यतिबेला गित सङ्गीतकार हरुले समेत गित श्रृजना गरेर प्रचारमा ल्याउन थालेका छन ।

चेप्टी लाई जोडि विभिन्न गित गाइएको भिडियो टिकटक र युटुभहरुमा हालेको पाईको छ । नेपालकी चर्चित गायिका सुसिला भट्टराई स्वर संगित रहेको साह्रै भुले चेप्टीको फनपार्क तिमीलाई भुलिन गित यतिबेला टिकटकमा चर्चामा रहेको छ ।

सन्सारकै सस्तो पार्कमा दरिएको यस फनपार्कमा २०० रुपिया टिकट तिरेपछि सयौ रोपनिको पार्क घुमेर आनन्द लिनुका साथै कोल्मबस,केटा केटि लगायत ठुला साना जोकोई लाई अती मनोरन्जन दिने खेल सामाग्री सोही टिकट मा फ्रीमा खेल्न पाइने सुविधा दिएको छ ।

नेपालकै ठूलो पार्क चेप्टी मा दैनिक हजारै पर्यटक आउने गरेका छ्न श्रोत साधन को अभाब रहेको गाउँ मा चेप्टी पार्क बने पछि माई बासीहरु समेत यस पार्क बनेपछि हर्षले गदगद छ्न । पहिला मुस्किलले केही गाडी चल्ने यस क्षेत्रमा अहिले दैनिक सयौ सवारी साधनबाट मानिसहरु ओहोर दोहोर मात्रै गर्दैनन गाउँमै रोजगारी र व्यावसाय समेत फस्टाउदा गाउँले दंग रहेका छन । झापा कनकाईवाशी दिनेश सिवाकोटीको परीकल्पना मा बनेको चेप्टी मा चेप्टी बासी हरुको शिक्षा,स्वास्थ,रोजगारी लाई प्रमुख ठानि सिबाकोटि ले रोजगारी मात्र नभई जो रोजगार गर्थे उनिहरुलाइ ब्यपार गर्न सिकाई गाउलाईनै आत्मा निर्भर बनाएको गाउँलेको भनाई छ ।
चेप्टीमा हाल व्यापार व्यावसाय फस्टाएको मात्रै छैन गित संगितको माध्यमबाट देशविदेशभर स्थानलाई चिनाउने काम पनि भएको छ ।

प्रकाशित मिति: २०२२-१०-३१ , समय : १९:५३:३६ , १ वर्ष अगाडि