उद्घाटन खेलमा आयोजकको विजयी सुरुवात

झापा एक्सप्रेस , २५१३९  पटक हेरिएको

शरणामती।छठ पर्वको अवसरमा झापाको झापा गाउँपालिका-२ स्थीत जोरमाई युवा क्लब सडकबारीको आयोजनामा आज देखी शुरु भएको खुल्ला नकाउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम विजयी भएको छ ।

आयोजक टीम र सयपत्री फुटबल क्लब कमल गाउँपालिका वीच भएको प्रतिस्पर्धामा २– ० को गोल अन्तरले हराउँदै आयोजक टीम विजयी भएको हो ।आयोजकको तर्फवाट पहिलो हाफमा १ गोल प्रविण थेवेले लगाएका थिए भने दोस्रो हाफमा आयोजकै भीम मगरले फेरी १ गोल थप्दै आयोजक टिमलाई अग्रता दिलाएका थिए ।

जुडो प्राविको खेल मैदानमा क्लबका अध्यक्ष केवल लिम्बुको अध्यक्षता र झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा खुल्ला नकाउट फुटबल प्रतियोगिताको उद्घाटन गरिएको हो।क्लबका सचिव झपटबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा पालिका उपाध्यक्ष अन्जुदेवी थपलिया,झापा क्षेत्र नम्बर ४ का निबर्तमान सांसद एलपी सावाँ लिम्बू,वडा नम्बर २ का वडाध्यक्ष हिमाल चम्लागाई,वडा नम्बर ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुर,राप्रपाका नेता भक्ती सिटौला लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा ८ वटा फुटबल क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ।समूह “A” अन्तरगत आयोजक टिम सयपत्री फुटबल क्लब सँग भिड्ने छ भने अल इन वान फुटबल क्लब द हन्टर फुटबल क्लब सँग भिड्ने छ।त्यस्तै प्रतियोगितामा समूह “B” अन्तरगत जलथल फुटबल क्लब सँग सुरुङ्गा फुटबल क्लब प्रतिष्पर्धा गर्नेछ भने दुधे फुटबल क्लब सँग डाँगीबारी फुटबल क्लबले प्रतिष्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष केवल लिम्बुले बताए।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।६ गते देखि सुरु भएको प्रतियोगिता १३ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०२२-१०-२३ , समय : २०:१५:४२ , २ वर्ष अगाडि

error: Content is protected !!