झापा एक्सप्रेस , १४५४८ पटक हेरिएको
शरणामती।आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा “लौरो ” चुनाव चिन्ह प्राप्त गरेका उम्मेदवारहरु हाम्रो नेपाली पार्टीका रहेका छन् ।
गत असार ३० गते निर्वाचन आयोगमा अनन्तराज घिमिरे अध्यक्ष सहित २२ सदस्यीय टिम रहेको हाम्रो नेपाली पार्टीले दर्ता भएर चुनाव चिन्ह लौरो पाएको हो।छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो ।
यता निर्वाचन आयोगले समेत लौरो चुनाव चिन्हका उम्मेदवार स्वतन्त्र र बैकल्पिक शक्ति नभएर दलका उम्मेदवार भएको जनाएको छ।
निर्वाचन आयोगले गत असोज ३० गते एक विज्ञप्ति जारी गर्दै “लौरो” चुनाव चिन्हलाई स्वतन्त्रहरुको चिन्ह भनी प्रचारप्रसार गर्ने केही उम्मेदवारलाई समेत स्पष्टीकरण सोधेको थियो।
यसरी निर्वाचन आयोगले पटक पटक खबरदारी गर्दा समेत दलका उम्मेदवारले लौरो चुनाव चिन्ह प्रयोग गर्दै आफू स्वतन्त्र र बैकल्पिक शक्ति भएको भन्दै प्रचारप्रसार गरिरहेको पाइएको छ।
प्रकाशित मिति: २०२२-१०-२१ , समय : ०९:०१:०३ , २ वर्ष अगाडि