झापा ४ “ख” स्वतन्त्रबाट बजगाईंको उम्मेदवारी

झापा एक्सप्रेस , ३५५८९  पटक हेरिएको

शरणामती।आसन्न मंशीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि झापा गाउँपालिकाका केशब बजगाईंले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।बजगाईले शेरबहादुर थापाको स्वतन्त्र समूहबाट उम्मेदवारी दिने भएका हुन् ।

बिशेष स्रोतका अनुसार झापा-६ शरणामती निवासी बजगाईंलाई थापा समूहले उम्मेदवार बनाउने निर्णय गरेपछी बजगाईं भोलि झापा क्षेत्र नम्बर ४ को प्रदेश “ख” बाट उम्मेदवार मनोनयन दर्ता गर्ने तरखरमा रहेको बुझिएको छ।बजगाईंले यस अघि स्थानीय निकायको चुनावमा समेत उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिदै मनोनयन दर्ता गरेका थिए।तर मनोनयन फिर्ता लिने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।बजगाईँले झापा गाउँपालिकामा विभिन्न संघसंस्थामा समेत आवद्द भएर काम गरिसकेका छन् ।

यता बजगाईँलाई प्रदेश ख बाट उम्मेदवार बनाउने तयारी गरेको स्वतन्त्र समूहले प्रदेश क मा भने होमबहादुर गौतमको उम्मेदवार बनाउने तयारी गरेको छ।त्यस्तै सो समूहले झापा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि युक्त प्रसाद भेट्वाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।भेट्वाल २०५६ सालको संसदिय चुनावमा नेपाली कांग्रेसका चक्रप्रसाद बास्तोला सँग पराजित नेकपा एमालेका नेता हुन् ।प्रत्येक कार्यक्रममा उनले दलहरुको गतिविधिका कारण आफू स्वतन्त्र समूहमा लागेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: २०२२-१०-०८ , समय : १७:४३:४८ , २ वर्ष अगाडि