झापा एक्सप्रेस , २३३९५ पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-६ स्थित जय पाथीभरा अंग्रेजी माध्यमिक विद्यालयले बडा दशैंको अवसरमा शिक्षक,विद्यार्थी,व्यवस्थापन समिति साथै कर्मचारीहरुमा बडादशैं मिलन कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रमकै अवसर पारेर विद्यालयले कर्मचारी डम्बरबहादुर बस्नेतलाई नगद पाँच हजार सहित सम्मान समेत गरेको छ।झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बडादशैंको उपलक्ष्यमा रमाईलो चिठ्ठा समेत खेलिएको थियो।भाग्यचिठ्ठामा रमाईलोको लागी नुन,तेल,मिठाई लगायत पुरस्कार राखिएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक सुनिल ढुङ्गानाले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक गणेश सुबेदीले स्वागत गर्नुभएको थियो।कार्यक्रममा झापा गाउँपालिका शिक्षा शाखा प्रमुख जिवनप्रसाद ढकाल,अम्बिका गौतम,छ नम्बर वडाध्यक्ष नविनकिशोर थापा,सदस्य फणीन्द्र खरेल ,कमल पाठक लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२२-१०-०१ , समय : १२:५९:१६ , ३ वर्ष अगाडि