झापा एक्सप्रेस , ६३६५५ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-४ चौधरी टोलका ३० वर्षीय टार्जन गणेशको मृत्यु भएको छ।
गणेशलाई आज शनिवार बिहान अन्दाजी ८.३० बजेको समयमा आफ्नै कोठामा पंखा राख्न लगाइएको बाँसको बलोमा फलामको साङ्गोलामा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरिरहेको अवस्थामा घर परिवारले थाहा पाएर ढोका फोरेर भित्र पसी साङ्लो खोली तत्काल तल झारेर उपचारका लागी एम्बुलेन्समा हालेर बिर्तासिटी लगिएको थियो।
बिर्ता सिटी अस्पताल बिर्तामोडले गणेशलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।गणेशका बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
टार्जन गणेश मनलाल गणेशका छोरा हुन् ।
प्रकाशित मिति: २०२२-०९-२४ , समय : १४:३९:३७ , २ वर्ष अगाडि