निर्वाचन खर्च नबुझाउने झापा गाउँपालिकाका यी हुन् उम्मेदवारहरु

झापा एक्सप्रेस , ३७१६८  पटक हेरिएको

शरणामती-निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनका उम्मेदवार मध्येबाट निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुको नाम र उनिहरूलाइ लगाइएको जरिवाना रकम सर्बजनिक गरेको छ ।

आयोगले देशभरका चार हजार १९६ जना उम्मेदवारहरुलाई जरिवाना तोकेको हो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुलाई आयोगले ३ लाख ५० हजार जरिवाना तोकेको छ ।गाउँपालिका वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ ।

यसरी निर्वाचन खर्च विवरण नबुझाउने झापा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना रकम तोकेको छ।

जरिवानामा परेका विजयी उम्मेदवारहरुले ६ महिना भित्र तोकिएको रकम नबुझाएमा स्वतह पद खारेज हुनेछ भने पराजित उम्मेदवारले जरिवाना रकम नबुझाए सम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् ।

यी हुन् आयोगले निकालेको खर्च विवरण नबुझाउने झापा गाउँपालिकाका उम्मेदवारहरु

प्रकाशित मिति: २०२२-०९-२० , समय : २१:२५:०० , २ वर्ष अगाडि