मास लाइट जल्यो,सुरुङ्गा बजार झलमल्ल बन्यो

झापा एक्सप्रेस , २१३६६  पटक हेरिएको

चन्द्र बस्नेत
आठौ संविधान दिवशको अवशर पारेर कनकाई नगरपालिकाले आफ्ना नागरिकलाई उज्यालो मास लाइटबाट उज्यालोमा राख्न सुरु गरेको छ ।
झापाको कनकाई नगरपालिकाको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा कनकाई नगर क्षेत्रमा सुरुङ्गा, दुर्गापुर, कोटीहोम र लक्ष्मीपुर क्षेत्रमा ४ थान मास लाईट जडान गरि संविधान दिवशको अवशर पारेर नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने लगायातले मास लाईटको उदघाटन गर्नुभयो ।

सोही अवशरमा संविधान दिवशको अवशरमा दिप समेत प्रज्ज्लन गरिएको थियो । सुरुङ्गामा जडान गरिएको मास लाईट उदघाटनपछि बोल्दै नगरप्रमुख पोखरेलले दसै तिहार लगायातका वेलामा मास लाईटबाट नगरवाशीलाई थोरै भएपनि सुविधा पुग्ने विश्वास व्याक्त गर्नुभयो । मास लाईट वाहेक कनकाई नगरपालिका क्षेत्रमा थप २ हजार लाईट समेत चाडै जडान गरिएकोमा संचालनमा आउने समेत जानकारी दिनुभयो । यस अघि जोडेका लाईटहरु ठेकेदार कम्पनीको लापर्वाहीका कारण बल्न छाडेको भन्दै सो कम्पनीलाई चाडै कालो सुचीमा राखिने समेत जानकारी दिनुभयो । कार्यक्रममा बजार व्यावस्थापन समितिका उपाध्यक्ष मेघराज पाठक लगायातले उज्यालो नगरीका रुपमा कनकाईलाई विकास गर्नका लागि हात्ती प्रभावित क्षेत्रमा समेत मास लाईटको व्यावस्था गर्न नगरसमक्ष माग गर्नुभयो ।
दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिएको हो । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च भएको छ । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भएको छ ।
सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । यो मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गरिएको हो ।
यो लाईट जडान सगै कनकाईका मुख्य बजार क्षेत्र संविधान दिवशका दिनबाट झलमल बनेका छन ।
यसैविच आठौ संविधान दिवशको अवशर पारेर नगर क्षेत्रका विभिन्न स्थानमा दिप प्रज्जलन गरिएको छ । कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी लगायातको आतिथ्यता रहेको थियो भने कार्यक्रम कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाईले संचालन गर्नुभएको नगर प्रमुख पोख्रेलका सोकिय सचिब विजय पाठकले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२२-०९-२० , समय : ०६:४८:४० , ३ वर्ष अगाडि

error: Content is protected !!