झापामा स्वतन्त्र समूह सक्रिय

केशब चापागाईं , २४१३०  पटक हेरिएको

शरणामती।झापामा स्वतन्त्र समूहले सक्रियता बढाएको छ।प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकै सँगै सो समूहले सक्रियता बढाएको हो।

नेपाली कांग्रेस सँग बिद्रोह गरेर स्वतन्त्र भएका सेरबहादुर थापाको संयोजकत्वमा गठित समूहमा नेकपा एमाले परित्याग गरेका युक्त भेटवाल समेत संगलग्न छन् ।गएको बैशाखमा भएको स्थानीय निकायको चुनावमा कनकाई नगरपालिका मेयरमा नेपाली काँग्रेसले रुद्र चिमरियालाई टिकट दिए सँगै सेरबहादुर थापाले बिद्रोह गरेर स्वतन्त्रबाट मेयर पदका प्रत्यासी उम्मेदवार बनेका थिए।त्यसबेला पनी बिरिङ पारीबाट राम्रो मत ल्याएका थापा बिरिङ वारी आएपछि भने शिथिल बनेका थिए।

राजेन्द्र पोखरेल ८६७३ मत ल्याएर निर्वाचित बन्दा नेकाका रुद्र चिमरियाले ६६६१ मत ल्याएका थिए भने थापा उक्त निर्वाचनमा ५६९१ मत ल्याउदै तेस्रो स्थानमा थिए।लोकप्रिय मत पाएका थापाले त्यसपछी विभिन्न पार्टी सँग बिद्रोह गरेका नेताहरूलाई एउटै स्वतन्त्र समूहको छातामा समेटेका हुन् ।थापा अहिले प्रदेश सभा अथवा प्रतिनिधि सभा सदस्यमा उठ्ने दाउमा रहेको बताइन्छ।

यता नेकपा एमाले परित्याग गरेका युक्त भेटवाल पनि २०५६ सालको चुनावमा नेकाका चक्र बास्तोला सँग झिनो मतान्तरले पराजित बनेका नेता हुन् ।उनले जितेको निर्वाचनमा धाँधली भएको भन्ने आरोप अहिले सम्म चिया पसलमा चल्ने गरेको छ।भेटवालले राजनितीदल भित्र रहेको भष्ट्र गतिविधिको अालोचना गर्दै दलहरुले सत्ता मोहका कारण जनभावना लत्याउने गरेको भन्दै यस्तो परिपाटीको विरोधमा स्वतन्त्र समुहमा लागेको अभिव्यक्ती बिभिन्न कार्यक्रममा दिने गरेका छन् ।भेटवालले एक कार्यक्रममा विगत सम्झदै “पैसाखाएर भेट्वालले भोट बेच्यो” भन्ने अारोपको खण्डन गर्दै केपि अोलि र गिरिजाप्रसाद कोईरालाको ग्राण्ड डिजाइन र तिनका मतियार हरुको षडयन्त्रमा उनको कन्चटमा पेस्तोल राखेर मतपेटिका कब्जागरी उनले जितेको चुनावमा समेत उनलाई हराएको खुलासा गरेका छन ।एमालेका त्यसबेलाका लोकप्रिय पात्र भेटवाल एमालेमा अनेकन संघर्ष गर्दा पनी पार्टी नेतृत्व सँग खुसी नभएर अहिले स्वतन्त्र समूहमै सक्रिय छन् ।उनको पनी योजना आगामी निर्वाचनमा उम्मेदवार बन्ने रहेको बुझिन्छ।

यसै बिच अहिले स्वतन्त्र समूहले झापाको कनकाईमा सक्रियता बढाएको छ।स्वतन्त्र समूह कनकाई वडा नं. ३ ले चन्द्र भेेटवालको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गर्दै वडा भेला सम्पन्न गरेको छ ।

शुक्रबार श्री कृष्ण प्रणामी मन्दिर कनकाई ३ टप्पुमा सम्पन्न स्वतन्त्र समुहको भेेलाले चन्द्र भेटवालको अध्यक्षतामा उक्त समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिपक पाण्डे र दुर्गाप्रसाद भट्टराई , सचिवमा केदार कार्की उपसचिव दुई मध्ये पछि एक मनोनयन गर्ने गरि खोमनाथ पौडेल र कोषाध्यक्षमा राधादेवि दाहाल ढकाल सर्वसम्मत चयन भएका छन । त्यसैगरी सदस्यहरुमा दुर्गा रिमाल , महेन्द्र खरेल , भुमि प्रसाद संग्रौला , राजकुमार न्यौपाने , टंक थापा , सोमनाथ खरेल , उमेस उप्रेती , देवीप्रसाद खरेल , डम्बरबहादुर दाहाल , राजन पराजुली , भिम प्रसाद दाहाल , माधव भेटवाल , टेकनारायण अधिकार , ख्याम निरौला र खगेन्द्र पाठक सर्वसम्मत चयन भएका छन ।

त्यस्तै समुहका संयोजक शेरबहादुर थापाले हालका दलहरू सिद्धान्त अनुसार काम नगर्नाले स्वतन्त्र समुह जन्मिएको र अव यो स्वतन्त्र समुहको शक्तिलाई कसैले रोकेर रोक्न नसक्ने बताएका छन । राम्रा काम गर्दा जनताले पक्कै पनि साथ दिन्छन र जनताको साथलाई सन्सारका कुनैपनि तागतले दवाउन सक्दैन भन्दै अव स्वतन्त्र समुहका कामहरुको मुल्यांकन गरि यस समुहलाई जनताले साथदिने कुरामा अाफु बिस्वस्त रहेको भन्दै थापाले स्वतन्त्र समुहमा रहेका सबैखाले समुह एकभएर अगाडि बढ्ने बताएका छन ।

हाल सम्म कनकाई नगरका ६ वटा वडामा वडा समिति निर्माण भई सकेको र बाँकी ३ वटा वडामा पनि केहि दिन भित्रै समिति निर्माण गरिने स्वतन्त्र समुहका सदस्य दिनानाथ खतिवडाले जानकारी गराएका छन् ।

प्रकाशित मिति: २०२२-०९-१७ , समय : ०८:४७:२२ , ३ वर्ष अगाडि

error: Content is protected !!