झापा गाउँपालिकामा डेङ्गु परीक्षण किटको अभाव

केशब चापागाईं , २३४२३  पटक हेरिएको

कुमरखोद स्वास्थ्यचौकी

शरणामती।झापाको झापा गाउँपालिकामा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

झापा गाउँपालिकाका एमबीबीएस डा. धर्मेन्द्र मण्डलका अनुसार झापा-२ मा रहेको कुमरखोद स्वास्थ्य चौकीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ ।डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी स्वास्थ चौकी आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको मण्डलले बताउनुभयो ।

डाक्टर मण्डलले भन्नुभयो, “उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं ।” सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको मण्डलले बताउनुभयो ।कुमरखोद स्वास्थ चौकीका मात्रै दिनको औसतमा ५० जना चेकजाँच गराउन आउनुहुन्छ,५० जनामा ७५% त डेङ्गुसँग मिल्दोजुल्दो नै लक्ष्यण हुन्छ उहाँले भन्नुभयो।

डेङ्गु परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ । पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।बिश्वकर्माले भन्नुभयो,”धेरैनै पहल गरेर अहिले तत्कालको लागी दशवटा डेङ्गु परिक्षण किट ल्याएका छौ,हामीले स्वास्थ्य मन्त्रालयलाई समेत पत्र पठाइसकेका छौ,यदी बिरामी बढे भने समयमा किट नआएमा गाउँपालिकाबाटै भए पनी किट खरिद गर्छौ।उहाँले स्वास्थ्य चौकीहरुमा समेत औषधी अभाव रहेको बताउनु भयो।गत आर्थिक वर्ष सकिने र चालु आर्थिक वर्ष लाग्ने भएकाले अहिले अन्य रोगको समेत औषधी कम्ती मात्रामा छ,हामी चाँडै व्यवस्थापन गर्छौ विश्वकर्माले भन्नुभयो।

भारतको बिहारसँग सिमा नजिकै हुनाले कुमरखोद स्वास्थ्यचौकीमा नेपाली मात्र होइन भारतिय समेत स्वास्थ्य जाँचका लागी आउने गरेका छन् ।भारतको दिघलबैंक बजार आइतबार र बिहिबार लाग्ने हुनाले यसबार झन कुमरखोद स्वास्थ्य चौकीमा बिरामीको भिड लाग्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति: २०२२-०९-१५ , समय : १५:२२:४१ , २ वर्ष अगाडि