झापा गाउँपालिकाका सबै वडामा बाल सञ्जाल समिति गठन

झापा एक्सप्रेस , १७९५५  पटक हेरिएको

शरणामती।झापा गाउँपालिकाका सातैवटा वडाले बाल सञ्जाल समिति गठन गरेका छन् ।आज सोमबार वडा नम्बर १ मा बाल सञ्जाल गठन भएसंगै सबै वडामा बाल सञ्जाल गठन भएको हो ।

क्रमश वडा नम्बर १,२,३,४,५,६,७ मा युगेशकुमार यादव,उमेश मुर्मु,अब्दुल सुभान,सलमा खातुन,रहयान अली,गरिमा सुवेदी र साजन खानको अध्यक्षतामा वडास्तरीय बाल सञ्जालको गठन भएको छ ।

त्यस्तै वडा नम्बर १ को वडास्तरीय बाल सञ्जाल समितिको अध्यक्षमा युगेशकुमार यादव सर्वसम्मत चयन भएका छन् ।

वडाले आज सोमबार वडा नम्बर १ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि १३ सदस्यीय समिति गठन गरेको वडा सचिव नारायण चम्लागाईले बताए ।वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको भेलाले वडा नम्बर १ को बाल सञ्जालको अध्यक्षमा यादवलाई सर्वसम्मत चयन गरेको हो।त्यस्तै उपाध्यक्षमा चन्द्रशेखर गणेश,सचिवमा कादिर आलम,कोषाध्यक्षमा एलिना तामाङ्ग र सदस्यहरुमा क्रमस : शिवकुमार यादव ,आशिफ राजा ,भूमिका पौडेल,पज्वल मिश्र,तानिमा खातुन,महमद रहमदुल्ला,खुस्तरी खातुन,सनफाराज आलम र रुकसान खातुनलाई सर्वसम्मत चयन गरेको छ।वडास्तरीय समितिको संरक्षकमा वडाध्यक्ष राजकुमार यादव रहेका छन् ।

प्रकाशित मिति: २०२२-०९-१२ , समय : १९:०९:४६ , २ वर्ष अगाडि