देवीलाई खुसी पार्न जिब्रोकोे बलि

झापा एक्सप्रेस , १११२८०  पटक हेरिएको

नयाँ दिल्ली, २६ भदौ (रासस÷एएफपी)-भारतको नयाँ दिल्लीस्थित एक हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक भारतीय किसानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भारतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई चढाएका थिए । उक्त घटनाले दर्शनार्थीको भीडलाई आतङ्कित पारेको थियो ।

अनुसन्धान अधिकारी अभिलाष तिवारीले एएफपीसँग बताएअनुसार ती व्यक्ति र उनकी श्रीमतीले चक्कु निकालेर जिब्रो काटेर मन्दिरको ढोकामा राख्नुअघि पूजा अर्चना गरेका थिए ।

तिवारीले भने, “मन्दिरमा तैनाथ हाम्रा अधिकारीहरूले उनलाई अन्य भक्तजनहरूको सहयोगमा अस्पताल पु¥्याएका थिए ।

पत्नीले प्रहरीलाई बताएअनुसार उनका पतिले देवीलाई रिझाउन आफ्नो जिब्रो ‘बलि’ दिएका थिए तर यसको कारणबारे थप बताउन सकिनन् ।

आत्म–अङ्गभङ्ग र मानव बलिदान पनि भारतीयमा समस्याको रूपमा रहेको छ । भारतीयहरू कहिलेकाहीं देवताहरूलाई खुसी पार्न विचित्र कार्यहरू गर्दछ ।

गत वर्ष भारतका दुई राज्यमा २० वर्ष काटेका दुई पुरुषले जिब्रो काटेर देवतालाई चढाएका थिए । सन् २०२० मा एक हिन्दू पुजारीले एक स्थानीय किसानको टाउको काटेर बलिको रूपमा टाउको चढाएका थिए ।

प्रकाशित मिति: २०२२-०९-११ , समय : १९:५०:३५ , २ वर्ष अगाडि