झापा एक्सप्रेस , १६२८४ पटक हेरिएको
शरणामती।झापा गाउँपालिका वडा नम्बर २ को वडास्तरीय बाल सञ्जाल समितिको अध्यक्षमा उमेश मुर्मु सर्वसम्मत चयन भएका छन् ।
वडाले आज बुधबार वडा नम्बर २ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि १३ सदस्यीय समिति गठन गरेको वडा सचिव नारायण चम्लागाईले बताए ।वडा नम्बर २ का वडाध्यक्ष हिमाल चम्लागाईंको अध्यक्षतामा भएको भेलाले वडा नम्बर २ को बाल सञ्जालको अध्यक्षमा मुर्मुलाई सर्वसम्मत चयन गरेको हो।त्यस्तै उपाध्यक्षमा दिपिका राजबंशी,सचिवमा आसिस हस्दा,सह-सचिवमा रुजयाना खातुन,कोषाध्यक्षमा प्रकृति श्रेष्ठ र सदस्यहरुमा क्रमस : कृश्चला चम्लागाई,बिनिता चम्लागाई,निखिल मर्डी,सुनिल मुर्मु,अजमल हुदैन,पशुपती राजबंशी,सोनी दास र खुश्बु बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ।वडास्तरीय समितिको संरक्षकमा वडाध्यक्ष हिमाल चम्लागाई रहेका छन् ।
´वडा २,३,४,५,६ र ७ मा गठन गर्यौं बाल सञ्जालका तदर्थ समिति अध्यक्ष निरञ्जन मैनालीले भने ।सबै वडामा वडास्तरीय बाल सञ्जाल गठन गरिसकेपछि सोही पुर्ण साधारण सभाले एक पालिकास्तरीय मुल समिति निर्माण गर्ने मैनालीले जानकारी दिए।
प्रकाशित मिति: २०२२-०९-०७ , समय : १७:२९:१७ , २ वर्ष अगाडि