झापा एक्सप्रेस , ४७८०२ पटक हेरिएको

शरणामती।झापा गाउँपालिका वडा नम्बर ६ को वडास्तरीय बाल सञ्जाल समितिको अध्यक्षमा गरिमा सुवेदी सर्वसम्मत चयन भएकी छन् ।
बाल सञ्जालले आज सुक्रबार वडा नम्बर ६ मा एक कार्यक्रमको आयोजना गरि १५ सदस्यीय समिति गठन गरेको छ।तदर्थ समितिका अध्यक्ष निरन्जन मैनालीको अध्यक्षता र वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापाको प्रमुख आतिथ्यमा भएको भेलाले वडा नम्बर ६ को बाल सञ्जालको अध्यक्षमा सुवेदीलाई सर्वसम्मत चयन गरेको हो।त्यस्तै उपाध्यक्षमा अम्बिका भेटवाल,सचिवमा रोशन भट्टराइ,सह-सचिवमा दिपक उप्रेती,कोषाध्यक्षमा सिम्रन भेटवाल र सदस्यहरुमा क्रमस :पुजा लिम्बु ,एलिना पाण्डे ,यसोधा पौडेल,भेषराज बराल,निरज कार्की,करुणा साह,निगम तामांग,निमा तामांग र लोला तामाङ्गलाई सर्वसम्मत चयन गरेको छ।वडास्तरीय समितिको संरक्षकमा वडाध्यक्ष नविनकिशोर थापा र सल्लाहकारहरुमा फणिन्द्र प्रसाद खरेल ,हेमा राई र तारादेवी विश्वकर्मा रहेका छन् ।
झापा गाउँपालिका स्तरीय बाल सञ्जालको तदर्थ समितिले वडास्तरीय बाल सञ्जाल गठन प्रक्रिया वडा कार्यालयले ढिलाई नगरे चाडैं सक्ने लक्ष्य लिएको तदर्थ समितिका अध्यक्ष मैनालीले झापा एक्सप्रेसलाई बताए।´वडा ६ र ७ मा गठन गर्यौं उनले भने `वडा कार्यालयले छिटै सहजीकरण गरिदिए बाल दिवसको दिन बृहत कार्यक्रम गर्नलाई सहज हुनेथियो।सबै वडामा वडास्तरीय बाल सञ्जाल गठन गरिसकेपछि सोही पुर्ण साधारण सभाले एक पालिकास्तरीय मुल समिति निर्माण गर्ने मैनालीले जानकारी दिए।
प्रकाशित मिति: २०२२-०९-०२ , समय : १९:५६:१८ , २ वर्ष अगाडि